सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताएका हुन् ।
नयाँ गन्तव्यको पहिचान गर्ने पनि उनले बताए । त्यस्तै, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने उल्लेख गरे ।छिमेकी मुलुक चीन र भारतलगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पनि पुनले बताए ।


















