अर्थमन्त्री वर्षमान पुनले झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड रकम विनियोजन गरेको छ । पुनले संघ, प्रदेश र स्थानीय तहका लागि लागत साझोदारीमा आधा घण्टा हिडाइको दुरीमा तरितलाउको सुविधा पुर्याउन झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड विनियोजन गरिएको जानकारी दिनुभयो।
पक्की सडक सञ्जालबाट नजोडिएका स्थानीय तहको सडकलाई प्रदेश, केन्द्र वा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी प्रादशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि सात अर्ब आठ करोड विनियोजन गरिएको छ ।स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार कार्यक्रमका लागि एक अर्ब १७ करोड विनियोजन गरिएको छ ।
मधेश र कर्णाली प्रदेशको पुर्वाधार निर्माण विकासका लागि एक अर्ब ५० करोड छुट्याइएको छ । यस्तै, ग्रामीण स्तरमा वैकल्पिक सहायक राजमार्गका लागि आठ अर्ब आठ करोड विनियोजन गरिएको छ ।


















