अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजित गरिएको छ । अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो । यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको अर्थमन्त्री पुनले बताए ।


















