मेयर बालेन शाहले काठमाडौ सडक डिभिजन कार्यलय अगाडी ट्रकमा धुलो खसाल्नुको भित्रि रहस्य

शनिबार काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पुर्वाधार तथा यातयात ब्यवस्था मन्त्री रघुबीर महासेठलाई उपहार भन्दै काठमाडौ सडक डिभिजन कार्यलय अगाडी एक ट्रक धुलो खसाली दिए । उनले धुलो खसाल्दा आफ्नो फेस बुकमा लेखे कलंकिदेखि महाराजगञ्ज सम्मको बाटो समयमा नबनेकाले मान्त्रीज्युलाई धुलो उपहार पठाएको छु । बालेन शाहले फेस बुकमा कलंकिदेखि महाराजगञ्ज सम्मको बाटाको कुरा लखे पनि मन्त्रालय संगको उनको झगडा भने न्युरोडलाई कस्तो बनाउने भन्न हो । काठमाडौको ब्यस्त सडक नयाँ सडक अर्थात न्युरोडलाई भाबि दिनमा कस्तो बनाउने भन्नेमा काठमाडौका महानगर पालिकका मेयर बालेन शाह एकातर्फ कामपा बडा नं १२ का बडा अध्यक्ष चिनकाजी महर्जन र भौतिक योजना मनत्रालय अर्कोतर्फ भएर झगडा चरिहेको छ । मेयर बालेन शाहका सल्लकारहरुले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने र विभिन्न चरणमा बिभिन्न काम गर्ने योजना अगाडी सारेका छन ।उनीहरुले अहिलेको फुटपाथ चौडा बनाउने र सडक साँघुरो वनाउने योजना समेत अगाडी सारेका छन । महानगरको उक्त योजनाको स्थानियबासी र वडा अध्यक्षले बिरोध गरेका छन । वडा अध्यक्षले भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयलाई पत्रलेखि महानगरलाई नयाँ सडकको बाटोको चौडाई कम गर्ने कार्य रोक्न आवश्यक निर्देशन दिन आग्रह गरेका छन ।
वडा अध्यक्षले भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयलाई पत्रलेखि पठाए पछि मन्त्रालयले नेपालको कानुन अनुसार ८ मिटर भन्दा कम चौडाका सडक मात्र महानगरको अधिकार क्षेत्र भित्र पर्ने तर नयाँ सडक ११ मिटरको भएकाले अधिकारक्षेत्र बाहिर गएर न्युरोडका सडक नचाउन महानगरलाई पत्र लेख्यो । यो बिषयको बिवाद सर्वोच्च अदालतमा समेत पुगेको छ । संयोजित आर्चाय समेतले महानगरको निर्णयबाट रोजगारी लगायतका बिषयमा असर पर्ने भन्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गराए । अदालतले बैसाक २४ गतेलाई सुनुवाई तोके पनि कुनै पक्ष पनि उपस्थीत नभए पछि जेठ २८ गते अन्तिम सुनुवाई हुने भएकोले प्रमाण सहित उपस्थीत हुन सबै पक्षलाई सर्वोच्ले भनेको छ । बालेनलाई पत्र भौतिक पुर्वाधार तथा यातयात मन्त्रीको आदेशमा काठमाडौ सडक डिभिजन कार्यलयले लेखेको थियो । बालेनले ट्रकमा धुलो खसाली दिए त्यसकै जवाफ दिएका हुन ।

 

 

विक्रम सम्वत १९९० को महाभुकम्प पछि जुद्ध शमशेरको प्रधानमन्त्री कालमा निमार्ण भएको राजधानी काठमाडौको ब्यस्त सडक नयाँ सडक निरन्तर नयाँ बन्दै आएको छ । आम बोलिचालिमा यो सडकलाई न्युरोडको नामबाट पनि चिनिन्न छ । पोखरी र पाखो ठाउँका रूपमा रहेको यो ठाउँमा १९९०को भुकम्प पछि तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले पिच सडक निर्माण गरेका थिए । जसको खास नाम जुद्ध सडक हो । नयाँ सडक नेपालकै पहिलो पिच सडक हो । यो सडक विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार जाने सडक पनि हो ।