गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको जिप दुर्घटना भएको हो । ५ जना घाइते भएका छन् भने मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको प्रहरीले जनाएको छ ।















