नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन मंगलबार १ हजार ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।



















