तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।

ब्यूरोले बैंकिङ कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ । यसअघि पनि १५ फागुनमा धितोभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेर छुटेको थिए । बैंकका तत्कालीन सीईओहरु तुलसी गौतम र मनोज न्यौपानेसहितलाई पक्राउ गरिएकामा उनीहरू हाजिर जमानीमा छुटेका थिए ।