महिला प्रहरी कार्यालयभित्रै मृत अवस्थामा फेला

महिला प्रहरी कार्यालयभित्रै मृत अवस्थामा फेलाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएको मधेस प्रदेश प्रहरीका एसएसपी मनोज यादवले बताए ।

सुनार कार्यालयकै महिला शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । अहिले कार्यालयभित्र अन्यलाई प्रवेशमा रोक लगाइएको छ । मृत प्रहरी जवानका आफन्तलाई खबर गरिएको र उनका परिवार आएपछि शव निकाल्ने एसएसपी यादवले जानकारी दिए ।