सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच सम्झौता

युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने सहमति भएको छ । सम्झौतानुसार अब युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा र रेमिट्यान्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमो कोड सिटी १०० प्रयोग गरी भुक्तानी लिदा १०० सम्म बोनस पाउन सकिने कम्पनीले जनाएको छ ।