भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिका-१ लक्सेरी बस्ने ५५ वर्षीय धङ्के डडालको भरूवा बन्दुक पड्किँदा शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५३ वर्षीय जय सिंह डडालले सोही ठाउँस्थित मल्लासेली जङ्गलमा सिकार खेल्ने क्रममा पड्काएको एकनाले भरूवा बन्दुकको गोली लागेर धङ्केको घट्नास्थलमै मृत्यु भएको हो ।

उक्त घटना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुला समेतबाट खटिएको प्रहरीले जय सिंहलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।