नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ७१ हजारसहित एक जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका-२ बाट नेपालमा प्रतिबन्धित उक्त भारतीय रूपैयाँसहित हरिवन नगरपालिका-४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय नबलपुरबाट खटिएको प्रहरीले ना.३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई ५ सय दरका १ सय ४२ थान भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















