विराटनगरका बस्ती जलमग्न

विराटनगर । रातभर अत्यधिक वर्षाले विराटनगरका बस्ती जलमग्न बनेका छन्। विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो।
नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो ।वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न भएका छन्।