भन्सार छली सुनको कारोबार गर्ने व्यक्ति पक्राउ

अवैध रूपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२९ ठेगाना भएका २९ वर्षीय सम्साद आलमलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं तिलगंगा एरियामा विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुन ओसार पोसार विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले आलमलाई ५४ ग्राम ८ सय ७० मिलिग्राम तौल भएको सुनको बाला २ थानसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा पठाइएको छ ।