४७ किलो गाँजा बरामद

पर्सा गाउँपालिका-३ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४७ किलो आइतबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले नारायणपुरबाट भारततर्फ जाँदै गरेको बिआर ३० एजि ७६९४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कार छाडी कारमा सवार व्यक्तिहरू फरार भएपश्‍चात कार तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।