संविधान सुधार गर्नेतर्फ अबको सरकार अघि बढे राप्रपाको सहयोग रहन्छ: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो राजनीतिक घटनाक्रमप्रति विचार गर्ने बताएका छन् । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गएराति सत्तासाझेदारीको सहमति भएपछि उनको यस्तो टिप्पणी आएको हो ।

राप्रपाले संविधान संशोधनको माग गर्दै आएको भन्दै उनले संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने उल्लेख गरे । साथै, त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने जनाएका छन् । नयाँ सत्तासमीकरणमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सहभागी गराउन सके राम्रो हुने उनको सुझाव छ ।