पछिल्लो समयसंसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भए पछि अब माओबादी र प्रचण्डकोभबिष्य के होला भनि समिक्षा हु थालेको छ । कसैले भन्छन अब माओबादकिो भबिष्य छैन । कसैले भन्छन प्रचण्ले अनेक गरेर आफ्ने शाख बचाई राख्दखछन । माओबादीको भबिष्य के होला भनि हेर्ने अलिकति बिगत तर्फ जानु पर्ने हुन्छ । बिग हेर्दा १० बर्षे जनयुद्ध गरेको नेकपा माओबादी २०६३मा शान्तिप्रक्रिया आयो । शान्ति प्रकृयामा आए पछि २०६४ असार १८ गते नेकपा माओबादी पहिलो पटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागि भएको थियो । असार १८ गतेबाट त्यसको १८ बर्ष पुगेको छ ।
त्यस पछिका पछिल्ला १८ वर्षमा नेपालमा १६ वटा सरकार बनेका छन् ्। जस्मा १३ बटा सरकारमा प्रत्यक्ष सहभागी भएकोे माओबादीले तीन वटा सरकारको नेतृत्व आफैले गर्यो जसतो कि ०६४ चैतमा भएको संविधान सभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो। २०६५ भदौमा प्रचण्ड प्रधानमन्त्री बने । प्रधानसेनापति रूक्माङ्गद कटुवाल प्रकरणका कारण प्रचण्डले २०६६ वैशाखमा राजीनामा दिए।तर २०६८ असोजमा माओवादीका तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पुन माअेबादी नेतृत्वको सरकार बन्यो। २०७० मंसिरमा भएको दोस्रो संविधान सभा निर्वाचनमा भने माओवादी तेस्रो दल बन्न पुग्यो तै पनि २०७३ साउनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए।
२०७९को चुनामा काग्रेससंग गठबन्धन गरेका प्रचण्डले चुनाब तेस्रो पटक प्रधानमन्त्री बने । त्यस पछि कहिले एमाले संग कहिले काग्रेस संग गठबन्धन गर्दे आज सम्म सरकारको नेतृत्वमा छन । २०६३ साल पछि सरकारमा सबैभन्दा धेरै पटक सहभागी भएको माओवादी वाट सात दर्जन भन्दा बढी मन्त्री बनेका छन । माओबादीले सबै मन्त्रालय चलाउने अवसर समेत पाएको छ । माओबादीको बिगत हेर्ने हो भने
माओबादीले २०५२ सालमा जनयुद्ध सुरु गर्दा गरिब दुखि जनताको मुत्तिको नारा दिएको थियो । गरिब दुखि जनताको मुक्तिका निम्ति भन्दै जनयुद्धमा कयौंले आफ्नो अमूल्य ज्यान दिए । आन्दोलनमा कयौ अंगभंग , अपाङ्ग र घाइर्ते भए । अझैं कैयौं बेपत्ता छन् । जो लडे, जो मरे, जो बेपत्ता छन र उनीहरुको सपना पूरा भयो नत जनताको अवस्थामा परिवर्तन आयो । शान्तिप्रकृयामा आए पछिका १८बर्षमा उसको भनाई र गराईमा तालमेल देखिएन ।
आम नेपाली जनताले सोचेका थिए माओबादीले आलो घाउमा सहजै मलम लगाउने समस्या समाधान गर्ने छ । तर जनताले सोचे जस्तो माओबादीको ब्यबहार भएन ।माओबादीका ठुला नेताहरुसँग महँगा विलासी गाडी र आलिशान महल, अकुत धन सम्पत्ति भयो , सालासाली र सम्धी पदमा पुगे जनताले आश्वसन बाहेक केही पाएनन
उनीहरुमा चरम व्यक्तिवादी स्वार्थ एवं महत्वकांक्षा, अवसरवाद र अकर्मण्यताका कारण माओबादी दिनप्रतिदिन आफै खस्कदै छ । माओबादी प्रति जनतामा विश्वास, बढ्नुको साटो अविश्वास, बढ्दै गएको छ ।
सरकारमा सहभागि भए यता १८ बर्ष सत्तामा बसेको माओवादीले मुलुकका लागि कति योगदान दियो भन्दा यो यो काम गर्यौ भनि गर्भका साथ भन्ने ठाउँ छैन । हो गणतन्त्र र संघियता स्थापना समानुपातिक र समाबेसिताका मुद्धा स्थापित गर्न माओबादीको योगदान छ । यस बाहेक अरु करामा माओबादील, नारा दिए जस्ता ेकाम गरेन । बरु यो बिचमा जनयृद्धमा संगै लडेकामाओबादी नेताहरु पार्टी विभाजन गरेर अलग अलग भए । माओबादी भित्रका बौद्धिक नेता जसको नाम सुनेर हजारौ माओबादी जनयुद्धमा लागे शान्ति प्रकृयामा आए पछि माओबादीबाटै प्रधानमन्त्री र अर्थमन्त्री बन्ने अवसर पाएका बाबुराम भट्टराई नै अहिले माओवादीमा छैनन । यसै जनयुद्धका बेला दार्शनिक र ईमान्दार नेताको छबि बनाएका मोहन बैद्य पनि अहिले माओबादीमा छैनन । त्यस्तै जनयुद्धका चर्चित नेताहरु नेत्रविक्रम चन्द ’विप्लव’ टोपबहादुर रायमाझी ,लेखराज भट्ट , प्रभु साह ,रामबहादुर थापा , मणि थापा , गोपाल किराती , खड्कबहादुर विश्वकर्मा धर्मेन्द्र बासतोला हिसिला यमि माओबादी पाटीृमा छैनन ।
पछिललो समय असार १८ गते संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन बन्ने सहमति भएको छ । अब रातारात कुनै ठुलै उथलपुथल भए बाहेक माओवादी केन्द्र र प्रचण्डको यात्रा अब सहज छैन । उ अब सत्तामा होईन प्रमुख प्रतिपक्षमा हुने छ । यदि माओबादीले आफ्नो यात्राको समिक्षा गरि गल्ति सच्चाएन भने २०८४ पछि उ प्रमुख प्रतिपक्ष दलको हैसियत पनि गुमाउने अवस्थामा पुग्नेछ ।


















