गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई चार-चार वर्ष कैद सजायको फैसला भएको छ । विशेष अदालतले त्यही घटनामा संलग्न थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरेको हो ।
विशेष अदालतका सदस्यहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई सात करोड ६० लाख र चार जनालाई तीन करोड ८० लाख रुपैयाँका दरले जरिवानासमेत गरेको छ ।
विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई चार वर्षका दरले कैद सजायको फैसला गरेको छ । मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई-दुई वर्षका दरले कैद फैसला भएको छ ।

















