भन्सार छली गरी ल्याएको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सुन जस्तो देखिने पहेंलो धातुसहित भारतीय नागरिक ४१ वर्षीय दिपक जयरामदास घिन्दलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















