परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेटगरेकी छन्।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।