काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न निर्देशन दिए ।
मंगलबारर सिंहदरबारमा मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीले सो निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरुको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने दिए । उनले राजश्वको दर बढाउने नभइ दायरा बिस्तार गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने बताए । उनले तत्काल करका दरमा हेरफेर गर्न नसकिने भएपनि सक्नेजति सहज बनाइने बताए । उनले शेयर बजार मात्रै नभइ सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । उनले पोखरा विमानस्थल, भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन हुने खाद्यान्न गुणस्तरको भएमात्रै निर्यात गर्ने र आयात पनि गुणस्तरयुक्त भएमात्रै आयात गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । उनले तीन महिनाको समय दिएर गुणस्तरयुक्त खाद्यान्न उत्पादन गर्न किसानसँग आग्रह गर्न पनि निर्देशन दिए । उनले निजी क्षेत्रलाई हुने झन्झिटिलोको समाधान गर्न पनि आग्रह गरे ।


















