ललितपुरको जावलाखेलमा आज श्रावण २० गते गते भोटो जात्रा मनाइँदै छ । मत्स्येन्द्रनाथको रथमा महिलाको आरोहण गर्न नहुने परम्परामा रहेको र गत वर्ष गुठी संस्थान ललितपुरकी कार्यालय प्रमुख महिला भएकीले संस्थानकै अरु कर्मचारीबाट भोटो देखाइएको थियो । जाडो याममा मनाइने विशेष पर्व सेतो मत्स्येन्द्रनाथको जात्रा काठमाडौँमा यसअघि नै सकिएको छ भने भक्तपुरको प्रख्यात विस्केट जात्राको समापन हुन नपाउँदै गर्मी यामको पर्व ललितपुरको प्रसिद्ध र वर्षभरिकै सबैभन्दा लामो जात्रा रातो मत्स्येन्द्रनाथको रथयात्रा यही वैशाख शुक्ल प्रतिपदादेखि आरम्भ भई असार शुक्ल चौथीसम्म रहेको हो, यस वर्ष साइत नभएर शुक्र अस्त भएर यो जात्रा ढिलो भएको हो ।
मत्स्येन्द्रनाथलाई वर्षाका देवता, सहकालका देवता, कृषि, गोरक्षाका रक्षकका रुपमा पनि लिइन्छ । समयमा पानी नपर्नु, जताततै आगलागी, डंढेलोको प्रकोप, पश्चिमी वायुको कम प्रभाव जस्ता कारणले काठमाडौँ उपत्यकाको बस्ती असअज भएको अबस्था छ । गृष्ममा वर्षा हुँदा जीवन सहज हुन्छ नै, अनाज बाली संरक्षण पनि हुन्छ । मूल समस्या हामीे कृषि प्रधान देश भन्ने, उव्जनी नगर्ने तर धनी हुनु पर्ने, विदेश जानु पर्ने अबस्था होे । भोकमरी, खाद्यान्न संकट भइरहेको अबस्था छ अहिले, बजारमा धान्नै नसक्ने गरी मूल्य वृद्धि भएको छ । उत्पादन कम र पर निर्भरताकै कारण यसो भएको हो । यसै सन्दर्भमा सहकालका देवताका रुपमा चिनिने रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुरको जावलाखेल, बुँग्मतीबाट शुरु गर्दै लतिपुरको विभिन्न क्षेत्रमा परिक्रमा गराउँदै मत्स्येन्द्रनाथलाई जावलाखेल पुर्याएर त्यसको ४ दिन पछि भोटो जात्रा गर्ने हाम्रो परम्पराले आज १३ सय वर्ष व्यतीत गरिसकेको छ ।
आषाढ शुक्ल चतुर्थीपर्यन्त चल्ने यो पर्व भोटो प्रदर्शनपछि समापन हुन्छ । नेपाललाई हिन्दु र बुद्ध धर्म दर्शनको केन्द्रस्थल मानिन्छ । हिन्दु, बुद्ध संयुक्त रुपमा मान्ने चाड पर्वहरु यहाँ धेरै छन् । दुवैका लागि परिचित काठमाडौंँ उपत्यकाको प्रमुख जात्रा हो भोटो जात्रा ! हाम्रो मुलुक कृषिप्रधान छ । जाडो र गर्मी दुवै समयमा जात्रा मनाई आप्mनो परम्परा कायम राख्ने हाम्रो परम्परा युगीन र आदिम पनि छ । सहकाल र वर्षाका देवता मानिने मत्स्येन्द्रनाथको रथयात्रासँग भोटोजात्रा पनि गाँसिएको छ । झण्डै २ महिनासम्म काठमाडौँ र पाटनमा मनाइने मत्स्येन्द्रनाथ यात्रा मध्ये सेतो मत्स्येन्द्र नाथ जात्रा जाडो मौसममा पर्छ भने पाटनमा मनाइने रातो मत्स्येन्द्रनाथयात्रा गर्मी समय वैशाख शुक्ल प्रतिपदादेखि आषाढ शुक्ल चौथीसम्म चन्द्रमास अनुसार मनाइन्छ । किसानका लागि विशेष कृपा दृष्टिमा रहने मत्स्येन्द्रनाथलाई बौद्धमार्गीले बोधिसत्व, पद्मपाणि आदि नामले पुकार गर्ने गर्छन् । हिन्दुहरुले मत्स्येन्द्रनाथलाई परम आदरणीय पूज्य गुरु गोरखनाथका गुरुका रुपमा हेर्ने गर्छन् । भगवान् पशुपतिनाथले वर्षमा दुईपटक बुद्धको रुप लिन्छन् र महा शिवरात्रीका दिन पशुपतिनाथलाई पनि मत्स्येन्द्रनाथका रुपमा पुजिने गरिन्छ । यसले पनि पुष्टि गर्छ कि मत्स्येन्द्रनाथ सवैका सदावहार साझा देवता हुन् ।
शताब्दीयाँै अघिदेखि देखिएको साँस्कृतिक मान्यताको रुपमा स्थापित मत्स्येन्द्रनाथको जात्रा सुरु गराउने श्रेय भने लिच्छवीराजा शिवदेवलाई जान्छ । राजा नरेन्द्रदेवको नाम पनि जोडिएको छ यसमा । मत्स्येन्द्रनाथको मूल स्थल पाटनको बुङ्मती हो । “बँुद्यो” भनेर नेवारी भाषामा परिचित छ जसअनुसार बुँद्यो भन्नाले बोलाउना साथ आएका देवता भन्ने बुझिन्छ । प्राचीन काठमाडाँैं खाल्डोमा लामो समयसम्म वर्षा नहुँदा तान्त्रिक गुरु बन्धुदत्तलाई बोलाई यसको कारण खोज्दा भारतबाट मत्स्येन्द्रनाथलाई आमन्त्रण गर्ने, उहाँ आउँदा गोरखनाथ उठ्ने र टौदहका नौ नागहरु स्वतन्त्र भएपछि वर्षा हुने सबै योजना मिलाइएछ । तान्त्रिक बन्धुदत्तले तन्त्र विद्याबाट यसको मूल जरो पत्ता लगाएछन् कि एकपटक गुरु गोरखानाथले योगीको भेषमा यहाँको भ्रमण गर्दा उनलाई नचिनेकाले आतिथ्यता भएनछ । आत्म सम्मानका कारण गोरखनाथ भने बर्षाका स्रोतका रुपमा रहेका विभिन्न ९ थरि नागहरु माथि आफनो मजबूद आसन बाँधी बसेपछि यहाँ वर्षा रोकिएको कुरा तान्त्रिक बन्धुदत्तले बुझेछन् ।
विभिन्न राय परामर्श भएको र गुरु गोरखनाथलाई नउठाएसम्म नागहरु थिचिनै रहने कारण जल वर्षा नहुने बुझेर गोरखनाथलाई उठाउने प्रयत्न गर्दा उनका गुरु मत्स्येन्द्रनाथले उनलाई उठाउन सक्ने कुरा पत्ता लागेछ । तान्त्रिक बन्धुदत्त, ललित नामका एक ज्याप्ु किसान र राजा नरेन्द्रदेव भारतको कामरु कामाक्षमा पुगी यहाँको सवै यथार्थ बताएर यहाँ आइदिन अनुरोध गर्दा मत्स्येन्द्रनाथले यो प्रस्तावलाई स्वीकार गरेछन् । नभन्दै गुरु मत्स्येन्द्रनाथ यहाँ आउनासाथ गोरखानाथले आप्mनो आसनवाट उठी गुरुको दर्शन गर्दा नागहरु स्वतन्त्र भई घनघोर रुपमा जलवर्षा हुन थालेछ । साह मानिसहरु उनको त्यो दिव्य कामको प्रशंसा गर्दै उनको नाममा जात्रा सुरु गर्न लागेछन् । प्रत्येक वर्ष ललितपुरको जावलाखेल बुङ्मतीवाट सुरु भई वुङ्मतीमै अन्त्य हुने यो जात्रा काठमाडाँैं उपत्यका मात्रै होइन मुलुककै लामो जात्रा मानिन्छ ।
मत्स्येन्द्रनाथजात्राको अत्यन्त आकर्षक पक्ष यसको अन्तिम दिन देखाइने भोटोजात्रा नै हो । उहिल्यैदेखि रत्नजडित, आकर्षक भोटो मत्स्येन्द्रनाथलाई नासोको रुपमा राख्न लगाइएको र वर्षमा एकपटक सर्वसाधारणलाई देखाइने र यो भोटो दर्शनले शरीर, मन, वचन शुद्ध हुने धार्मिक एवं साँस्कृतिक मान्यता पनि रहेको छ । भोटोको सम्वन्धमा देखिएको किंबदन्ती यस्तो छ ।
एकपटक ललितपुरकै टौदहका नाग एक ब्राह्मणको रुप लिएर आप्mनी पत्नीको आँखा दुखेकाले उनको उपचारका लागि कुनै असल वैद्य खोज्दै बाहिर निस्केछन् । ती धेरैतिर घुम्दै भक्तपुरक्षेत्रमा पुग्दा एक ज्यापु किसान बैद्यले बाख्रीको दूधले आँखामा औषधीमूलो गर्र्दैरहेको देखेछन् । पक्कै यिनले आप्mनी पत्नीकोे औषधीमूलो गर्न सक्नेछन् भनी उनलाई अनुरोध गर्दै ती किसान बैद्यलाई टौदहमा लगेछन् । बैद्यसँग खासै कुनै औषधी त थिएन तर तन्त्र विद्या, आप्mनो जीउको मयल र पानी मिलाएर उनकी पत्नीकोे आँखामा हालिदिए, केही बेरपछि नै विरामीलाई आराम मिल्यो र आँखा पूरै राम्रो देखिने भयो । त्यो घटना देखेर सवै चकित भएछन् । खुसी भएका नागले के उपहार लिने भन्दा खासै केही उपहार त मागिएन र पनि उनलाई केही धन दिई पठाउँदा बैद्यले केटाकेटीहरुका लागि लगाउने कपडा जडाउरीको रुपमा मागेछन् । उनले आपूmसंग भएको भोटो पनि दिएछन् ।
भक्तपुरको किसान बैद्य त्यही भोटो लगाएर खेतीपातीको काम गर्ने र घर फर्कदा खर्पनमा राखी घरमा ल्याउने गथ्र्यो । एकदिन एक राक्षसले मानिसको रुप लिएर खेतको आलीमा राखेको भोटो चोरी गरेछ, उसलाई लखेट्दा ऊ अदृश्य भएको र किसानलाई भने धेरै खिन्नता भएछ । किसान ललितपुरको मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा एक राक्षसले मान्छेको रुपमा आप्mनो भोटो लगाएर आएको देख्दा किसान बैद्य तीन छक परेछन् । हत्तपत्त त्यो राक्षसलाई उनले समातेछन् । आपसमा भनाभन पनि भएछ । विवाद र समस्याको कारण त्यो मुद्धा राजासामु पुगेछ र राजाले आप्mनो सबुद लिइ आउने, प्रमाण ल्याउन नसकेसम्म भनौँ सवूद नल्याएसम्म त्यो भोटो गुरु मत्स्येन्द्रनाथको जिम्मा रहने निर्णय पनि सुनाएछन् । दुवै सप्रमाण उपस्थित हुन नसक्ता आजसम्म पनि त्यो भोटो गुरुकै पासमा रहेको, सुरक्षित रहेको आम जनतालाई देखाउन, भोटोजात्रा चलाउने चलन कायमै रहेको देखिन्छ । भोटोजात्रा सकेपछि मत्स्येन्द्रनाथलाई वुङ्मती लगेर राख्ने चलन रहेको छ ।
ललितपुरको गाबहालस्थित पोखरीको दक्षिणतर्फ चौवीस बाराहीहरुको देवाली हुन्छ । त्यसै देवालीका दिन मङ्गलवजारका जोशी थरका चारथरी जोशीहरुले मत्स्येन्द्रनाथको रथलाई जावलाखेलतिर तान्ने साइत जुराउँछन् र रथलाई जावलाखेल पुर्याएको चारदिनमा भोटो देखाइन्छ, भोटोजात्रा गरिन्छ र प्रत्येक १२/१२ वर्षमा मत्स्येनाथको रथयात्रा गराई बुङ्मतीमा पनि भोटो देखाउने चलन रहेको छ । सर्वप्रथम रातो मत्स्येन्द्रनाथको रथ लगनखेल पुर्याई खरीको बोटमा एक परिक्रमा गराइन्छ । भोलिपल्ट हल्का बलि दिइन्छ । भोलिपल्ट फेरि सो खरीबोटमा दुईपटक घुमाई रथको टुप्पोबाट नरिवल खसालिन्छ र यसैदिन मत्स्येन्द्रनाथको देवालीको दिन तोकिन्छ । मत्स्येन्द्रनाथको मूल यात्रा सुरु गर्नु दुई हप्ताअघि पाँचफिट अग्लो, ढुंगाको मूर्ति, रातो अनुहार भएका मत्स्येन्द्रनाथलाई स्नान गराइन्छ । राम्ररी सजाएर तयार पारिएको खटमा राखी उनकै मन्दिरमा लगेर राखिने गरिन्छ । ज्योतिषीय सल्लाहले साइत गरेर मात्र रथ आरम्भ गरिने हुँदा रथयात्रा एवं भोटोजात्रा पनि सधै हरेक वर्ष एकै दिन नपर्न सक्छ ।
हाम्रो देश बहु संस्कृतिको देश हो । यो हाम्रो मौलिकता पनि हो, राष्टृको चिनारी पनि हो । संसारका कैयन देशबाट मानिसहरु यहाँको धर्म, संस्कृति, संस्कार, सभ्यता हेर्न आउँछन् । पर्यटकीय दृष्टिले देश धनी छ । पर्यावरणको रक्षा हाम्रो चुनौती बनेको छ । मौलिकताको संरक्षण पनि त्यतिकै आबश्यक छ । देशले हिन्दु धर्मको पक्षमा ठूलै लगानीसमेत गर्ने, सबै उपल्लो तहका व्यक्तिहरु देव दर्शनतिर पनि लालयित हुने तर विदेशीको नक्कल गरेर एक मात्र हिन्दू देशलाई धर्मनिरपेक्ष बनाउने विरोधाभास कुरो भएको छ ।



















