शेख हसिनाको राजीनामा माग्दै बङ्गलादेशमा प्रदर्शन

बङ्गलादेशमा फेरि तनाव बढ्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाको वार्ता अस्वीकार गर्दै विद्यार्थी नेताहरूले उनको राजीनामा मागिरहेका छन् ।

शनिबार प्रदर्शनकारीहरूले राजधानीको मुख्य सडकमा घेरा हालेका थिए । सरकारी जागिरमा स्वतन्त्र सेनानीका सन्तानलाई आरक्षणको विषयमा देशभरमा दुई सय जनाभन्दा धेरैको मृत्यु भएकै समयमा यो विरोध प्रदर्शन भइरहेको छ ।

सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रता सङ्ग्राममा संलग्न भएका पूर्व सैनिकका आफन्तहरूलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिएपछि केही अघि बङ्गलादेशमा प्रहरी र प्रदर्शनरत विद्यार्थीहरूबिच हिंसक झडप भएको थियो । प्रदर्शनकारीहरूले ढाकाको प्रमुख सडकलाई अवरुद्ध गर्दा ट्राफिक जाम भएको थियो ।