सुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
ह्याम्स अस्पतालमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन–एजेडी कल साइनको हेलिकप्टर दुर्घटना भएको हो ।
प्राधिकरणका अनुसार हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही पनि घाइते नभएको तर हेलिकप्टरको टेल रोटर भने भाँचिएको छ ।


















