श्रीलंकालाई हराउँदै इरान काभा नेसन्समा तेस्रो

काठमाडौँ । इरानले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई ३– ० को सोझो हराएको छ ।

बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५–२२, २८–२६र २५–१७ ले
हरायो ।

सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए ।

फाइनलमा आज ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । लिगमा नेपालले भारतलाई ३२ को सेटमा हराएको छ ।