अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्मचारीको अन्तरविरोधले बेला बेलामा समस्या आयो , प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्मचारीको अन्तरविरोधले बेला बेलामा समस्या आउने गरेको बताउनु भएको छ । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा भएको छलफलमा उहाँले सो कुरा बताउनु भएको हो । विधेयकमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार अख्तियारका पदाधिकारीहरुलाई बोलाएको थियो । समितिका सदस्य समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले कार्यकारी प्रमुखका रुपमा काम गर्दैगर्दा अख्तियार प्रमुखसँग धेरै छलफल गरेको स्मरण गदर्,ैअख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी बनाउनुपर्ने र त्यो बेला कर्मचारीतन्त्रमा ( अख्तियारको) आतंक जस्तो हुने गरेको भन्दै यसले समस्या आउने गरेको बताउनु भयो ।