गाडी दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज बिहान ९ः२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमा बा २० च ८२८३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो। गाडी गोलन्जरबाट सदरमुकाम जाँदै थियो। तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी सडकमै पल्टिएको हो। दुर्घटनाबाट दुई जनाको मृत्यु भएको एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर छन्।दुर्घटनाबाट ११ जना घाइते छन्। जसमध्ये तीन जना गम्भीर घाइते छन्।