परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबिच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भेटवार्ता भएको छ ।
द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । तर, समय भने तय भएको छैन ।