चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिएकाहरूको आज अन्तर्वार्ता रहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षमा आवेदन दिएकामध्ये अर्जुन कुमार डंगोल, करिश्मा मानन्धर र दिनेशराज दाहाल (दिनेश डि.सी) लाई आज अन्तर्वार्ताका लागि बोलाएको हो । यस्तै, दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापालाई भने भोलि अन्तर्वार्ताका लागि बोलाइएको छ । भुवन केसीको कार्यकाल सकिएसँगै साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त रहेको छ ।


















