तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा ११ जना बेपत्ता

तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवहाक बस खसेको छ । बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् ।१४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।बस शुक्रबार बिहान साढे ११ बजे बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।उनकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ। डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए।बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ। बसमा अन्दाजी ४० जना रहेको उनले बताए।