युगयुगसम्म सम्झन लायक दिन श्रीकृष्णाष्टमी व्रत यसै भाद्र १०गते र श्रीकृष्ण रथयात्रा भने भाद्र ११ गते परेको छ । अतीतमा देश, विदेशको विषम परिवेशका कारण जात्रा, पर्वमा संकुचन आयो, अहिले पनि नेपाली मन रमेको अबस्था छैन, दिनपरदिनको महँगीको त्रासका कारण, राजनीतिक भाँडभैलो, देश अस्थिर र संकटमा छ । दर्शन शास्त्रहरु पढेर, मनन गरेर चित्त बुझाउनु परेको अबस्था छ । भागवत र ब्रह्मवैवर्त पुराणले श्रीकृष्णलाई कृष्णस्तु भगवान स्वयं अर्थात् श्रीकृष्ण स्वयं सम्पूर्ण लोकका भगवान हुनुहुन्छ भनेका छन् । श्रीकृष्णका बारेमा विस्तृत चर्चा गर्ने हिम्मत नभए पनि विषयमा प्रवेशसम्म गरौँ !
मोह रात्रिका नामले वर्षभरिकै उत्कृष्ठ रुपमा चिनिएको भाद्रकृष्ण अष्टमीको दिनलाई श्रीकृष्णजन्माष्टमीको रुपमा भव्य रुपमा मान्ने चलन प्राचीन समयदेखि चल्दै आएको हो । सोहृकलाले पूर्ण चन्द्रवंशमा पूर्ण अवतारको रुपमा परमेश्वरले मानवरुपमा मथुरामा वसुदेव देवकीका आठौंँ गर्भका रुपमा धर्तीमा अवतरित परमात्मा श्रीकृष्णलाई मुख्य दशअवतार मध्ये आठाँैं अवतारको रुपमा लिइन्छ । युग भने परिवर्तन भइरहन्छ । अहिले हामी कलियुगमा छौँ । अन्य युगमाझैँ कलियुगमा पनि मानव निर्मित र आफैँ सृजित, उत्पात, महामारी, प्रकृतिको ताण्डव नृत्य पनि धेरै भइरहने कुरा हो । कलियुगको आयु ४ लाख ३२ हजार वर्षको छ । वि सं २०८१ संगै यसको आयु ५ हजार १ सय २५वर्ष पूरा भएको छ । हाल देखिएको विषम परिवेश हाम्रालागि समस्या आरम्भको संकेत हो । यसअघि पनि विषम महमारीहरु धेरै भएका हुन्,यो युगमात्रै होइन, युगयुग पिच्छे नै खरावी, इष्र्या, छल प्रवृत्तिहरु त हुने नै हुन्छन् ।
सत्यको पुनस्र्थापन गर्न अदृश्य नै भए पनि कुनै शक्तिले काम गरिनै रहेको हुन्छ । हालको कलियुग शुरु हुनु अगाडिको द्वापरयुगमा धर्तीमा देखिएको अन्याय, अत्याचार, कुसंस्कार र दुष्ट, कु्रर, तानाशाह, वादशाहहरुलाई निर्मुल पारी सत्य धर्मको संस्थापनकालागि ब्रह्माआदि देवताहरुको पुकारलाई र यसअघि नै दिइएको वरदान सिद्ध गर्न क्षीरसागरबासी लक्ष्मीका पति शेषशायी श्रीबिष्णुले गोरुपी पृथ्वीको आर्तपुकार पछि यादव कुलका शुरसेन पुत्र वसुदेवका पुत्ररुपमा जन्म लिने आश्वासन मुताविक कंसद्वारा वन्दी वनाइएका कारागारमा मध्यरात्रि, मोहरात्रिमा सवैलाई मोहितपारी पूर्व योजनाअनुसार यसअघि नै योगमायालाई पठाई आपूmले जन्मलिनु भएको थियो ।
अवतारको प्रसंगमा“एते चांशकला पुंसः कृष्णस्तु भगवान् स्वयं”भनेर भागवतले अन्य अवतारलाई अंश अवतार र श्रीकृष्ण अवतारलाई पूर्ण अवतार मानेको छ । सात्विक भावका मथुरा नरेश उग्रसेन राज्य सञ्चालनमा व्यस्त हुँदा वनविहार गर्ने इच्छा राख्ने उनकी रानीको कोखमा द्रुमिल दैत्यको कालो छायाँ पर्न गई कुसंस्कार र छलको प्रतिकका रुपमा जन्मिएको कंसले धर्तीदेखि साह्ृा ब्रह्माण्ड तहसनहस पार्न खोज्दा प्रताडित बनेकी धर्ती एवं सम्पूर्ण देवताहरुको प्रार्थनालाई सुनेर मानव स्वरुपमा जन्मी धर्म, न्यायको उपदेश दिने द्वापरयुगीन परमेश्वर श्रीकृष्णको स्वधागमन समय यसैवर्ष ५१२५ वर्ष पूरा भैसके पनि उनका पावन लीला, अवतार प्रसंगले मथुराक्षेत्रदेखि वृन्दावन र अवतार प्रसंग चर्चा हुने सम्पूर्ण क्षेत्र हालसम्म दिव्यधामकै रुपमा रहेको छ । राजा उग्रसेनका भाइ देवककी पुत्री देवकीलाई अति माया गर्ने कंसले बहिनी देवकीको बिहे यादवकुलका वसुदेवसँग हुँदा दाइजो सहित पु¥याउन जाँदा बाटामा “देवकीकै आठौं गर्भबाट तेरो मृत्यु हुन्छ” भन्ने आकाशवाणी सुनी रिसले चूर भई बाटैमा खड्ग प्रहार गरी बहिनीलाई मार्ने प्रयत्न गरेपछि बसुदेवको अनुनय विनय प्रार्थना र जन्मेको बच्चा सवै बुझाउँछु भन्ने प्रतिज्ञा अनुसार देवकीको ज्यान बचेको थियो ।
वसुदेव दम्पतीबाट जन्मेको ६ वटा बच्चासम्म निमिट्यान्न पारिसकेको अवस्थामा सातौँ गर्भमा शेषलाई पठाई योगबलद्वारा वसुदेवकी अर्की पत्नी रोहिणीमा त्यो गर्भ सारेर गोकुलमा बस्ने नन्दपत्नी यशोदाका गर्भमा योगमायालाई जन्म लिने प्रेरणा भएको र सवै परिवेश मिलाई देवकीमा आठौं गर्भमा भने आफू रहने अनि सम्पूर्ण देवताहरुलाई गोपको रुपमा र देवीहरुलाई गोपीका रुपमा धर्तीमा अवतरित गराउने र स्वयं महालक्ष्मी भने रुक्मिणीका रुपमा धर्ती अवतरण हुने प्रसंग पनि परमेश्वरवाट मिलाइसकिएको थियो । देवकीकोे सातौंँ गर्भश्राव भएको हल्ला हुँदा कंसलाई गुप्त कुरा थाहा भएन । आठौंँ गर्भधारणा भएको खवरपछि कडा पहरा दिई कारागारमा ७ ताल्चा बन्दी गर्दा संपूर्ण लोकालोकमा रहेका देवताहरुले संसारका नायक, अधिपतिले लोक रक्षाका लागि प्रदुषणयुक्त आमाको गर्भमा बास गर्नु परेकोमा अनेकाँैं स्तुति, पुकार, वन्दनागर्न लागे, भागवतमहा पुराणमा यसलाई गर्भस्तुति भनिन्छ ।
प्रकृति शान्त, उत्तम, ग्रह, नक्षत्र, तारागण सवै अनुकुल, पृथ्वी, अप, तेज, वायु र आकाश नै पूरै स्वच्छ भएका वखत दिव्य तेज सहित भाद्रकृष्णका रात्रिमा कंसका कालकोठरीमा प्रस्रव पीडा विना नै देवकीका गर्भवाट प्रकट भएका भगवानको स्वरुप अद्भूत थियो । शङ्ख, चक्र, गदा, पद्य, कीरिट, कुण्डल, मुकुट, मयुरपंखी शिर, पीताम्वरधारी, श्रीवत्सचिह्नको वक्षस्थल, घाँटीमा कौस्तुभमणि र कमल नेत्र परमेश्वरको दिव्यदर्शन पाएका वसुदेव र आमा देवकी दुवै मोहित भइहाले ! अघि तपाईँहरुले कठिन तपगर्दा ३ जन्मसम्म तपाईँहरुको पुत्र रुपमा प्रस्तुत हुने वचन पूरा गर्न अहिले आफू पुत्ररुपमा आएको स्मरण गराउँदै कंसवाट भयभीत नहुन र तुरुन्तै टोकरीमा राखी यमुनापारि गोकुलमा लगी त्यहाँ नन्द यशोदावाट भरखरै जन्मिएकी पुत्री यस कारागारमा लिई आउन र त्यति कार्य पूर्ण हुन्जेल कारागार सवै खुल्ने, कसैले अत्तो, पत्तो नपाउने र यी सवै कुरा गोप्य राख्नुपर्ने संकेत गरी भगवान् तत्कालै वालभावमा प्रस्तुत हुनुभयो ।
साँच्चै योगमायाद्वारा तयार भएको टोकरीमा वालकलाई राखी वसुदेव कारागार बाहिर निस्कदा सवै ढोका खुलेका, सिपाहीहरु मस्तनिद्रामा परेका, हतकडी आफैँ खुलेका, वरुणदेवले वर्षा गराएका, शेषले छहारी दिएका, यमुनाले भगवानको पादस्पर्श गर्न क्षणिक उर्लिएर शान्तभएकी, गोकुल पूरै मस्त निद्रामा परेको, यशोदावाट छोरी जन्मदा उनलाई पत्तै नभएको, वसुदेवले आफूले लगेको वालकलाई त्यहाँ राखी बालिकालाई टोकरीमा बोकेर कारागार फर्कुञ्जेल कारागार खुल्लै रहेको र सवै निद्रामा परेका कुरा मार्मिक ढंगवाट शास्त्रहरुमा वर्णित छ । वसुदेव कारागारभित्र पस्ना साथ सवै ढोका, हत्कडी पहिलेकै अवस्थामा भएका र बालिकाको रोदन सुनेपछि हस्याङ्ग फस्याङ्ग सवै जुमुराउँदै उठेर वालक जन्मेको खवर कंससम्म पुगिहाल्यो ।
कंसका डरमा परेका वसुदेवले बालिकालाई कंस सामु पु¥याउँदा “छोरी नै भएपनि मार्छु” भनी हातले घुमाएर वालिकालाई ढुंगामा पछार्न खोज्दा हातबाट छुटेकी योगमायाले आकाश मार्गवाट “मलाई मार्न खोज्ने कंस तेरो काल गोकुलमा जन्मेको छ” भन्ने सुन्दा गोकुलभरिका वालवालिका सवै बध गर्न मायाभी पुतना पठाउँदा यशोदा पुत्र श्रीकृष्णवाट उल्टै पुतना वध भैसकेकी थिई । अघि नै देबकीका गर्भवाट प्रत्यारोपण गरिएका सातौँ गर्भ शेष रोहिणी पुत्रका रुपमा बलरामको जन्म भैसकेको र गोकुलमा वृद्ध नन्दबाबावाट अत्यन्त सुन्दर बालक जन्मिएको र रोहिणीबाट उस्तै राम्रो बालक जन्मिएको प्रसंग अनुसार गोकुलमा धूमधामसँग नन्द उत्सव मनाइएको र वसुदेवका कुल गुरु गर्ग र नन्दवावाका कुल गुरु शांडिल्य दुवैको उपस्थितिमा गोकुलमा बलरामअनि कृष्णको नामकरण भएको सुन्दर प्रसंग गर्गसंहिता एवं श्रीमद् भागवतमा विशेष चर्चाको विषय बनेको छ ।
श्रीकृष्णको सन्देश भक्ति, कर्म र ज्ञान आज पनि हाम्रा लागिअपरिहार्य बनेको छ । जीवन क्षणिक छ, अहिले हाम्रो आयु सयवर्षको छ,तर पुग्न पाउँदैन । त्यो युगको आयु हजार वर्षको थियो, तथापि श्रीकृष्णको आयु भने जम्मा १ सय २५ वर्षको हो । अघि त्रेतायुगमा बालीपुत्र अँगदले आप्mना बाबु मार्ने रामसँग बदला लिने इष्र्या राखेको थियो । उही अँगद जरा नामको व्याधा भएर आयो, ऋषिहरुको श्राप परेका यदुबंशको नाश भइसकेको थियो । समुन्द्रका तीरमा पाइएको मुसलको सानो धारले व्याधाले बाँण बनाएको थियो । त्यही बाँणले श्रीकृष्णमा प्रहार गर्यो । फलस्वरुप श्रीकृष्णको धर्तीबाट विदाभयो। भगवानले यसमा चिन्ता नगर्नु यो मेरै योजना हो भनी सो व्याधालाई समेत सम्झाउनु भएको थियो । उहाँको सन्देश गीताको ज्ञान आज संसारभरि चर्चाको विषय मात्र होइन, जीवनदर्शन नै बनेको छ ।


















