skip this वडा नं १६ बालाजु च:मती

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्नेछ । बैठकमा सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बताएको छ । हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो ।