नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















