काठमाडौ महानगरपालिका वडा नं १०ले अर्को अनियमित कार्य गरेको समाचार प्राप्त भएको छ । बडा नं १०ले घरबाहल कर लिनु पर्नैसंग अनुचितलाभ लिई घरबाहल कर छुट दिने गरेको समाचार प्राप्त भएको हो ।स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५७ बमोजिम काठमाडौ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्र बहालकर लगाउन सक्ने ब्यवस्था छ । काठमाडौ महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्थावलाई कार्यान्वयन गर्न बनेको आर्थीक ऐन, २०७८ को दफा ४ बमोजीम पनि का.म.पा.क्षेत्रभित्रका घर, पसल, ग्यारेज , वर्कसप, गोदाम, टहरा, जग्गा वा पोखरी ,अस्थायी संरचनामा बहाल कर लगाई असुल उपर गर्नु पर्ने व्यवस्था रहको छ । उक्त ऐनको अनुसुचि ६ को उपदफा २ अनसार कर दाखिला गरेको स्वघोषणा वा बहाल लिने दिने बिचको सम्झौता बमोजीम जुन बढी हुन्छ त्यो लिने ब्यवस्था छ । तर काठमाडौं महानगरपालिका वडा नं १०ले सो वडामा रहेको होटल एभरेष्ट ,गैररकारी संस्था महासघ , सनराईज सिटीहोम लगायतसंग बाहलकर नलिएको एक कर्मचारीले बताए । यस्था अरु धेरैबटासंग बहाल कर नलिई का मगर्न दिएको बुझिएको छ । यसमा मिलिभगत भएको पनि बडाकै कर्मचारीले बताए ।
यस अघि काठमाडौ महानगरपालिका वडा नं १०ले आर्थिक बर्ष २०७९गरेका निर्मांण कार्यहरु सार्वजनि खरिद नियामावली २०६४ को नियम ८४ बिपरित गरेको यस अघिने सान न्युजले समाचार सार्वजनिक गरेको थियो ।सार्वजनि खरिद नियामावली २०६४ को नियम ८४ अनुसार सार्वजनि खरिद र सार्वजनिक स्थलको निमार्ण गर्दा २०लाख रुपैयाँ सम्मको निर्माण शिलबन्दी दरभाउ गरेर गर्नु पर्ने ब्यवसथा छ । तर वडा नं १०ले २८ स्थानमा निर्माण कार्य गर्दा यसको बिपरित कोटेशनबाट काम गरेको छ । कामहरुलाई टुक्रापारी १० लाख भन्दा कमको लागत अनमुान गराउने र त्यसमा ३ वटा कोटेशन मागेर वडा अध्यक्ष रामकुमार के सीले आफ्ना मान्छेलाई ठेक्का दिएको बुझिएको छ । काग्रेसबाट वडा अध्यक्ष निर्वाचित के सीले गुणस्तरमा ध्यान नदिई लागत अनमुान भन्दा थोरै रकम कम गरेर सम्झौत गर्ने र मिलोमतोमा कार्यसम्मपनन प्रतिबेदन तयार गरेर भुक्तानी गर्ने गरेको वडाका एक कर्मचारीले बताए । यसै बिषयमा प्रतिकृया लिन खोज्दा के सीले आफु मिडयामा नबोल्ने बोल्न परे पैसा चाहिने बताए । यस्ता अनियमिताको अख्तियारले छानबिन गर्नु पर्दछ ।



















