सामाजिक सञ्जालमा चर्चित अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको डिआइजी नवीन्द अर्यालले जानकारी दिए ।पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीविरुद्ध एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् ।
पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’ प्रसाईंलाई आइतबार प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।
गत बुधबार उनीसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको कारणले उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी गरीएको थियो ।

















