रवि लामिछानेलाई पक्राउ पूर्जि जारी ?

चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका छन् । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको कारणले उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी गरीएको थियो । सोही अनुसार आज उनी पक्राउ परेका हुन् ।

प्रसाई पक्राउ परे लगत्तै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पनि आजै पक्राउ गरेको छ ।

छविलाल जोशीको पक्राउ पछि अब रवि लामिछाने कहिले पक्राउ पर्छन् भनेर चोक गल्लीमा ब्यापक छलफल चलिरहेको बेला यता रास्वपाले आकस्मिक भेला बोलाई उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन सर्कुलर जारी गरेको छ ।
सरकारले धमाधम पक्राऊ गर्न थालेपछि रास्वपा पनि संसकित देखिएको छ । छविलाल जोशीलाई पक्राउ गरेपछि अब रवि लामिछाने पक्राउ हुने बजारमा हल्ला छ ।

सरकारले विभिन्न काण्डमा परेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेपछि रास्वपाले अकस्मिक भेला डाकेको हो । विभिन्न पार्टी, दल र सामाजिक अभियन्ताहरुले मंसिरमा देशैभर आन्दोलन गर्ने भनेपछि सरकारले त्यो आन्दोलनलाई निष्तेज पार्ने उद्देश्यले प्रतिपक्षमा रहेका एक पछि अर्को गर्दै पक्रन थालेको हो ।

सरकारले रविलाई पक्राउ पूर्जि जारी गर्न लागेको जनमानसमा हल्ला पनि आएको छ । रास्वपाका अध्यक्ष रवि लामीछाने लामो समयदेखि सहकारी अपचलनको मुद्धा खेपिरहेका छन् । तर सरकारले अहिलेसम्म पक्राऊ गर्न नसकेपछि जनतामाँझ चर्चाको विषय बनेको छ । नाम नभन्ने सर्तमा एक जनाले भने ठूलालाई चैन सानालाई ऐन ।