बुटवल । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति रुपन्देहीको १६औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन सम्पन्न भएको छ । बुटवल स्थित अमर भवनमा सम्पन्न अधिवेशनबाट राजेश सिंजाली मगरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्ययक्ष चित्र पुलामी मगरले आफ्नो भाषा, कला, संस्कृति र पहिचानको मुद्धालाई बलियो बनाउन अध्ययन आवश्यक पर्ने बताए । उनले औपचारिक शिक्षा बाहेक नेपालको इतिहासमा मगर जातीको भूमिका, संघर्ष र योगदानबारे अध्ययन गर्न जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रमम नेपाल मगर संघ बुटवलका अध्यक्ष बसन्ती साठीघरे, नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषदका सल्लाहकार शंकर गाहा, नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बाह्रघरे, नेपाल मगर युवा संघका अध्यक्ष हेमन्त बुढाथोकी, युवा नेता डि.वी थापा, मगर युवा संघका महासचिव राम अस्लामी मगर लगायतले बोल्दै मगर युवा विद्यार्थीहरु शैक्षिक र राजनैतिक रुपमा सचेत र कुटनैतिक रुपमा अव्वल बन्नुपर्ने बताए थिए।

नयाँ निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको नामावली यस प्रकार रहेका छन् । अध्यक्ष राजेश सिंजाली मगर, उपाध्यक्ष विशाल गाहा मगर सचिवमा टेक बहादुर राना मगर सहसचिव अमृत राना मगर र कोषाध्यक्ष शिवानी थापा मगर चयन भएका छन् भने कार्यसमिति सदस्यहरुमा मदन घर्ती मगर, आयुश्मा रेश्मी मगर, रिक्मा अस्लामी मगर, रिम प्रसाद खाम्चा मगर, टेक बहादुर जि एम मगर, रुनाक्सी पुन मगर, जुना घर्ती मगर, यम रेश्मी मगर र कल्पना थापा चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा रमेश सारु मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजेश सिंजाली मगरले संचालन गरेको थियो भने सहसचिव टेक रानामगरले स्वागत गरेका थिए । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो ।


















