वर्षका कारण आन्तरिक उडान प्रभावित

ठूलो वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन् । वर्षाकै कारण आज कुनै पनि माउण्टेन फ्लाइट भएनन् ।