फोरम अफ एसिया प्यासिफिक ग्राफिक आर्टसको वरिष्ठ उपाध्यक्षमा माधब के.सी निर्वाचित

नेपाल मुद्रण उद्योग महासंघका पूर्व अध्यक्ष माधव क.सी DRUPA Exhibition, World Print & Communication Forum -WPCF_ / Forum of Asia Pacific Graphic Arts -FAPGA को senior vice–president मा निर्वाचित हुनुभएको छ । सन २०२४ मे २८ देखि जुन ७ सम्म जर्मनिको डुसेलडर्फमा भएको FAPGAको सम्मेलनबाट न्युजीलेण्डका  Ruth Cobb अध्यक्ष, ईण्डोनेशियाकाmughi nurhani उपाध्यक्ष र के .सी बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । बरिष्ठ उपाध्यक्ष निर्वाचित पुर्व अध्यक्ष के सीको सम्मानमा नेपाल मुद्रण उद्योग महासंघले एक सम्मान कार्यक्रम गरेको थियो ।

सो कार्यक्रलाई सम्बोधन गर्दै नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष बिष्णु तिवारीले पुर्व अध्यक्ष के सी World Print & Communication Forum -WPCF_ / Forum of Asia Pacific Graphic Arts -FAPGA को  senior vice–president (बरिष्ठ उपाध्यक्ष) निर्वाचित हुदाँ नेपाल र नेपालको सम्पुर्ण मुद्रण उद्योग क्षेत्रको गरिमा बढेको बताउनुभयो । उहाँले विश्वमा अहिले मुद्रण क्षेत्रमा नयाँ नयाँ प्रविधि विकास भएको र पहिला  मान्छेले गर्ने काम अहिले कम्प्युटर र आर्टिफियल इन्टिलिजिन्यस (एआई) ले गर्न थालेको बताउदै नेपाली मुद्रण उद्योगि पनि नयाँ प्रबिधिमा अभ्यस्त हुनुपर्नेमा जोड दिनुभयो ।

के सीले बर्तमान दुनिया डिजिटल युगमा प्रवेश गरि सकेको बताउदै यसले गर्दा कागजी छपाईको काम कमी भएको पनि बताउनुभयो । संसारकै चलन भनेको नयाँ प्रविधि आएपछि पुरानो प्रविधि लोप हुँदै जाने भएको बताउँदै पुर्व अध्यक्ष के सीले सम्मेलनमा भाग लिने क्रममा नयाँ प्रविधि बुझ्ने र समय अनुरुप आफूलाई अपग्रेड गर्नुको विकल्प नभएको  बताउनुभयो ।