नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–९ स्थित सुरुङ मार्ग नजिकै लेदो आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
लेदोका कारण सडक दुईतर्फ अवरुद्ध भएको छ । स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।


















