कोशी प्रदेशमा बाढी पहिरोमा परी ६ जनाको मृत्यु , ८ बेपत्ता

विराटनगर । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा कम्तीमा ६ जनाको मृत्यु भएको
छ । अन्य ८ जना बेपत्ता छन् भने १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी मृत्यु हुनेहरूमा धनकुटामा २, पाँचथरमा ३ र इलाममा १ जना रहेका छन् । बेपत्ता हुनेहरूमा झापाका ३, मोरङका १ र पाँचथरका ४ जना रहेका छन् ।