काठमाडौँ । ललितपुरको कुसुन्ती स्थित एउटा ग्यारेजमा बाढी पसेर ५० जना अलपत्र परेका छन् । उनीहरूको उद्धार गर्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । उनीहरू नख्खु खोलाको बाढीमा फसेका हुन् ।
अहिलेसम्म ५ जनाको उद्धार गरिएको प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले बताए । बाढीमा फसेकाहरू टहरामाथि र बसको छतमा चढेर उद्धार गर्न आग्रह गरिरहेका छन् । उद्धारका लागी गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसप शैलेन्द थापाले जानकारी दिए ।



















