घोप्टेभीरमा खसेको सुख्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शुभराज न्यौपानेले भर्खर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।

आज (सोमबार) बिहान खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको यस राजमार्गलाई निरन्तरको प्रयासपछि खुलाइएको हो ।   विभागका अनुसार, उक्त सडक खण्डको चेनज ७९‍+२०० स्थित घोप्टेभीरमा खसेको पहिरो हटाउन ५ वटा मेसिन (उपकरण) हरूको सहायता लिइएको थियो ।