अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।
नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । भारतमा अक्टोबर १२ (समय: ११:४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय: १०:०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय:११:२१), मेलबर्न (समय:११:२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०:२१), कतारमा अक्टोबर १२ (समय:११:०५) बजेका लागि उत्तम साइत रहेको छ ।



















