नेपाल स्थित रसियन कल्चर सेन्टरमा नेपाली कला संस्कृती झल्काउने तस्बिरहरुको प्रदर्शनी

नेपाल स्थित रुसी सास्कृतीक केन्द्रको आयोजनामा २०८१ असोज १६ गते नेपाली कला र सांस्कृतिक झल्कने हातले प्रिन्ट गरिएका कलाहरुको प्रर्दशनी गरिएको छ । काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजित सो कार्यक्रममा नेपाली कलाकारका कला र कलाकारले प्रिन्ट गरेका फोटोहरुको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै रसियन कल्चर सेन्टरका एन्टोनले कलाकारले प्रिन्ट गरेका फोटो प्रदर्शनीले दुई देश बिचको सम्वन्ध अझ मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कला सांस्कृतिक आदन प्रदानले रुस र नेपाल बिचको सम्वन्ध भाबि दिनहरुमा अझ प्रगाड बनाउन मद्यत पुग्ने आशा ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कलाकारको संयोजन गर्नुभएका राजु शाक्यले रसियन कल्चर सेन्टरलाई धन्यवाद दिदै कला भनेको सञ्चारको माध्यम भएको बताउनुभयो । उहाँले यस्तो कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड पनि दिनुभयो । प्रदर्शनीमा नेपाली कलकारले हातले प्रिन्ट गरेका नेपालको कला संस्कृती झल्काउने खालका फोटोहरु राखिएको थियो ।