skip this वडा नं २६ लैनचौर

काभा यू २० भलिबलः तुर्कमिनेस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५–१४, २५–२१, २५–२० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए ।

नेपाफ श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३२ सेटको पराजित भएको थियो ।

तुर्कमिनेस्तानको पनि ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाईनल पुगेको प्रशिक्षक रमेश केसीले जानकारी दिए ।

नेपालले अब फाईनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । काभा यू–२० पुरुष भलिबल प्रतियोगिता पहिलो पटक आयोजना भईरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुगेको हो ।