skip this वडा नं २६ लैनचौर

पीडितलाई राहत र व्यवस्थापनको काममा सरकार केन्द्रित हुनुपर्दछ – पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले अब उनीहरुलाई राहत दिने र पुनव्र्यवस्थापनको काममा लाग्नुपर्ने बताएका हुन् ।

शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अत्याशित विपद्को रुपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । बाढी र पहिरोबाट सबैभन्दा ठूलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उहाँले त्यसलाई समयमानै सुचारु गर्नुपर्ने पनि
बताए । राज्य जनताको अभिभावक भएकाले उनीहरुको पीडालाई सम्बोधन गर्नुपर्ने काममा लाग्नुपर्ने र त्यस काममा सरकार लागि रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।

पूर्वराष्ट्रपति भण्डारीले प्राप्त जनादेशअनुसार राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए । बेलाबेलामा हुने निर्वाचनमा दिएको म्यान्डेटको आधारमा सरकार बन्नुपर्ने र उसले त्यही जनमत अनुसार काम गर्नुपर्ने उनको भनाई थियो । पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरु र कर्मचारीहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने पनि बताए ।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सबै नेपालीहरुलाई बडा दशैंको शुभकामना पनि व्यक्त गरे ।