प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलको हातबाट दशैंको टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टिका ग्रहण गरेका छन् ।

शनिबार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन् ।

साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्न शितल निवास पुगेका थिए । आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत टिका लगाइ दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टिका लगाउने र दशैंको टिका सर्वसाधारणलाई नलगाइदिने बताए ।