उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको मृत्यु भएको हो ।
दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरिया प्रहरीले बताएको छ ।



















