च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको केन्द्रीय कार्यालय सचिव डा‍‍.भीष्मराज अधिकारीले जानकारी दिए ।

पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको अधिकारीले जानकारी दिए ।

यसअघि असोज २४ गते व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान स्वीकार गर्ने विषयमा निर्णय गर्न अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।