राप्रपा नेपालले गर्‍यो चार निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय तहको उपनिर्वाचनका लागि चुनाव परिचालन समिति गठन गरेको छ। आइतबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

बैठकले कार्तिक २६ र २७ गते वीरगन्जमा तराई मधेस राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय समेत गरेको छ । सम्मेलनमा तराई मधेसका २१ जिल्लाका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षहरू तथा पार्टी आबद्ध बुद्धिजीवीहरू सहभागी हुने जनाइएको छ ।

तराई मधेसको आर्थिक सामाजिक विकासको विशेष कार्ययोजनाका बारेमा छलफल गर्न सम्मेलन आयोजना गरिएको सो पार्टीका प्रवक्ता बसन्तमानसिंह अधिकारी जानकारी दिएका छन् । सम्मेलन आयोजना सम्बन्धी संयोजनको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीलाई दिइएको छ ।